आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु भएको छ । नयाँ वर्षको हार्दिक शुभकमना ! ग्रेगोरियन पात्रोअनुसार जनवरी १ तारेखमा चालु वर्षको विदाइ र नयाँ वर्षको स्वागत गरिन्छ । त्यसैले आजको दिनबाट विधिवत् सन् २०२० को विदाइ र नयाँ वर्ष सन् २०२१ को स्वागत गर्दै विश्वभर नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै छ ।
पश्चिमा देशहरुमा प्रचलनमा रहेका विभिन्न पात्रोमध्ये ग्रेगोरियन पात्रोअनुसार सन् सम्बत् प्रचलनमा ल्याइएको हो । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ‘ग्रेगोरियन पात्रो’ नामाकरण गरिएको हो ।
नयाँ वर्षको उपलक्ष्यमा इसाई धर्मावलम्बीसहित अन्य धर्मावलमबीहरुले पनि यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाँदै नयाँ वर्ष मनाउने चलन विश्वव्यापी रुपमा रहेको छ । नयाँ वर्षको उपलक्ष्यमा सबैमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना !!