• मंसिर ११ २०८१, मंगलवार

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

पुष १५ २०७७, बुधबार

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै छ। प्रतिनिधिसभा विघटनविरूद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्न बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो ।   बैठक दिउँसो १२ बजेका लागि बोलाइएको छ।

प्रचण्ड–नेपाल समूहले बैठकपछि आज अपराह्न ३ बजे पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ। संसद पुनःस्थापनाको माग गरिरहेको प्रचण्ड–नेपाल पक्षले आगामी आन्दोलनलाई थप सशक्त बनाउने तयारी गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा संसद विघटन गरेको विरोधमा प्रचण्ड–माधव समूहले मंगलबार देशैभर विरोध प्रदर्शन गरेको थियो ।